Sagun Khabar
दार्चुलामा थप एकजना कोरोना संक्रमितको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलामा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । जिल्लाको नौगाड गाउँपालिका–५ घर भएका ७२ वर्षीय पुरुषको शनिबार राती अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताए  ।

मृतक पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए । यो सँगै दार्चुलामा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।

तीन जनाको जिल्ला भित्र तथा चार जना संक्रमितको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको छ । दार्चुलामा अहिले कोरोना भाइरसका १६८ सक्रिय संक्रमित रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update