Sagun Khabar
डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी – डोटीमा ट्याक्टर दुर्घटना भएको छ । आइतबार बिहान जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नंः ४ कुमालिकोटस्थित राजपुरको आर्मी व्यारेक नजिकै ट्याक्टर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बालुवा बोकेर केआइसिंहतर्फ गइरहेको से १ त ३२१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा बाजुराको बुढीनन्दा घर भएका २५ वर्षीय चालक लोकेन्द्र बोहरा घाइते भएका छन् ।

ट्याक्टर सडकबाट करिव २०० मिटर तल खसेको स्थानीय भुपेन्द्र कठायतले बताए । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । 

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update