Sagun Khabar
डोटीमा एक युवती मृत फेला, हत्या भएको आशंका 

डोटी –डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको केआईसिंह गाउँपालिका–६ की २० वर्षीया हरिना भाट गाउँकै स्थानीय खोला नजिकै मृत फेला परेकी हुन् । 

आइतबार बिहान करीब ९ बजेतिर अमला टिप्न भनी जङ्गलतिर गएकी हरिना साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्न जाँदा साँझ साढे सात बजे शव फेला पारेको स्थानीयले बताएका छन् । 

एक महिना अगाडि मात्रै डडेल्धुराको परशुराम नगरपालिकाका एक व्यक्तिसँग भागेर विवाह गरेकी हरिना माइती घर आएको चार दिनमात्र भएको थियो । 

Atrya hospital

लडेर मृत्यु हुन सक्ने कुनै अवस्था नदेखिएको भन्दै मृतकका आफन्तले भाटको हत्या भएको आशङ्का गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय डोटीले भने  घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update