Sagun Khabar
सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनका तीनै जना उम्मेद्वार विजयी 

कैलाली – राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा सुदूरपश्चिमबाट तीनै जना सत्ता गठनबन्धका उम्मेद्वार विजयी भएका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेद्वार नारायणदत्त मिश्र, एकीकृत समाजवादीका उम्मेद्वार गरिमा शाह र माओवादी केन्द्रका उम्मेद्वार जगत पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । 

राष्ट्रिय सभा सदस्यमा निर्वाचित कांग्रेसका मिश्रले १४३ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका डिल्लीराज भट्टले ८२ मत मात्रै ल्याए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै माओवादी केन्द्रका जगत पार्कीले १०५ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्दी एमाले नरेश विकले ७९ मत मात्रै ल्याए । डडेल्धुराका पार्की सत्ता गठनबन्धनबाट दलित तर्फका उम्मेद्वार हुन् । 

यस्तै एकीकृत समाजवादीकी गरिमा शाहले एमालेकी उम्मेद्वार सन्तोषीकुमारी थापालाई पराजित गरेकी छन् । राष्ट्रिय सभा सदस्यमा निर्वाचित शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रिय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत हुन् । 
 

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update