Sagun Khabar
डोटीमा जंगली बँदेलको आतंक, स्थानीयबासी त्रसित

 डोटी –डोटीको आदर्श गाउँपालिकामा जंगली बँदेलले आतंक मच्चाएको छ । दुइ दिनयता बँदेलको आक्रमणबाट वडानम्बर ४ मा मात्रै ३ जना घाइते भएका छन् । 

बिहिबार बँदेलको  आक्रमणबाट २ जना घाइते भएकोमा शुक्रबार थप एक जनालाई बदेलले आक्रमण गरी घाइते बनाएको छ । 

बिहिबार हन्नेकाँडामा बँदेलको आक्रमणबाट स्थानीय १५ वर्षीय गणेश नेपाली घाइते भएका थिए । उनलाई उपचारका लागि काठमाण्डौं लगिएको आफन्तले बताएका छन् । यस्तै सोही दिन बँदेलको आक्रमणबाट १२ वर्षीय सुरेश बिष्ट पनि घाइते भएका थिए । उनको अहिले दिपायलमा उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ । 

Atrya hospital

यस्तै आज फेरि बँदेलको आक्रमणमा परि ५८ वर्षीय केशवराज ओझा पनि घाइते भएका छन् । ओझाको दिपायलमा उपचार भईरहेको छ । 

बँदेलले गाउँमै पसेर आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update