Sagun Khabar
डोटीमा  कोरोना सङ्क्रमण बढेपछि कैदीबन्दीसँगको भेटघाट बन्द 
फाइल फोटो

डोटी – डोटीमा कोरोना सङ्क्रमण बढेपछि कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाटलाई बन्द गरेको छ । कैदीबन्दीसँग भेटघाट गर्दा कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ । 

रोजगारिको शिलशिलामा भारत गएका यहाँका नागरिकहरु अहिले घर फर्किने क्रम बढेपछि उनीहरुबाट कोरोना सङ्क्रमण धेरै मात्रामा भित्रिएको चिकित्सकहरुले बताएकाछन् । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई समेत कोरोना सर्न सक्ने र जोखिम हुने भैकोले भेटघाट बन्द गरिएको डोटी कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीले बताउनुभयो ।

स्वास्थ्य सन्देश
Atrya hospital

भेटघाट बन्दसँगै बाहिरबाट कोरोना परीक्षण नगरी ल्याइने कैदीबन्दीलाई समेत रोक लगाइएको उहाँले बताए । कारागार प्रशासनले जिल्ला अदालतबाट कारागार चलान गरेका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरेको छ । कारागार प्रशासनले जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउनेबित्तिकै १५ दिन छुट्टै क्वरेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ । 

४५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल विभिन्न मुद्दाका ५० जना पुरुष बन्दीहरुलाई राखिएको छ । जिल्लामा कम्तीमा पनि दुई सय जना भन्दा बढी सक्रिय कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update