Sagun Khabar
२३ अर्ब रुपैयाँमा डोटी र डडेल्धुरामा बन्ने साैर्य ऊर्जा परियोजनाको सम्भाव्यता अध्ययन गर्न अनुमति प्रदान
फाइल फोटोः डोटी
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी - डोटी र डडेल्धुरामा सौर्य ऊर्जा परियोजनाका लागि सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डले अनुमति दिएको छ ।

आज मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको बोर्ड बैठकले डोटीको दिपायल सिलगढीमा एक सय २५ मेगावाट र डडेल्धुराको अमगरढीमा दुई सय २५ मेगावाट क्षमताको २३ अर्ब रुपैयाँ लगानी रहेका सौर्य ऊर्जा आयोजनाको परियोजना विकास सम्बन्धतमा सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई सम्भाव्यता अध्ययनको अनुमति दिएको हो । 
त्यस्तै, निजी क्षेत्रका छाता संस्थाहरुसँग लगानी प्रवर्द्धन तथा समन्वय गर्नका लागि पहल गर्ने विषयबारे आजको बोर्ड बैठकमा छलफल भएको छ। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्बन्धमा सुझाव दिन गठित कार्यदलको समय थप सम्बन्धी प्रस्ताव पनि आजको बोर्ड बैठकमा पेश गरिएको थियो।
 

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update