Sagun Khabar
युवक मृत भेटिएपछि भीमदत्त राजमार्ग अवरुद्ध  
फोटोः दिनेशखबर
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी -सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको डोटी गोगनपानीमा एक युवक मृत भेटिएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।

आज जोरायल गाउँपालिका– १ गोगनपानीमा विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय भानु नाथ मृत्तवस्थामा फेला परेका थिए ।

उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयवासी हरुले जनाएका छन् । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका दजर्नौँ यातायातका सावारी साधनहरु ठप्प रहेका छन्  । घटनाको बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update