Sagun Khabar
दार्चुला  पछि डोटीको पालो ! वडाध्यक्षनै गरिबको सूचीमा समेटिए

डोटी-डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष डम्मरबहादुर घर्ती मगर गरिबको सूचीमा समेटिएका छन् ।

 परिवार पहिचान सर्वेक्षणमा आधारित गरिब घर परिवारको सूची संकलन गर्दा वडा नं १ का बासिन्दा घर्ती मगरको नाम  ‘अति गरिब’को सूचीमा समेटिएको भेटिएको हो । तर, उनको आर्थिकस्तर तथा अवस्था भने त्यस्तो छैन । उनले चुनाव जितेर वडाध्यक्ष भएपछि मात्रै वडा कार्यालय नजिकै २ तले पक्की घर बनाएको बताइएको छ ।

यता, वडाध्यक्ष घर्ती मगरले भने यसबारे आफूलाइ खासै जानकारी नभएको दाबी गर्दै आफू गरिब नभएको बताए । 

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update