Sagun Khabar
मादक पदार्थ सेवन गराइ जबरजस्ती नेकपा एमालेमा प्रवेश गराएको आरोप
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी– डोटीमा एक नेताले आफूलाई मादक पदार्थ सेवन गराएर जबरजस्ती नेकपा एमालेमा प्रवेश गराएको बताएका छन् । आदर्श गाउँपालिका संगठन कमिटी नेकपा माओवादी केन्द्र उपाध्यक्ष रणबहादुर नेपालीले आफुलाइ एमालेले रक्सी खुवाएर पार्टी प्रवेश गराएको आरोप लगाएका हुन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो घरमा जुठो परेको समयमा पनि नेकपा एमाले आदर्श गाउँपालिकाले रक्सी सेवन गराएर जबरजस्ती पार्टी प्रवेश गराएको आरोप लागाएका छन् । एमालेका नेता चन्द्रदेव ओझाले फेसबूकमा माओवादी कार्यकर्ताले धम्क्याएर उनलाई जानकारी नै नगराएर फेसबूकमा लेखेको आरोप लगाएका छन् । एमालेले भने नेपालीले आफ्नो मर्जीले पार्टी प्रवेश गरेको दाबी गरेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update