Sagun Khabar
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 
फाइल फोटो
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी – डोटीमा इँटा बोकेको ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । आइतबार बेलुकी जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ स्थित भित्रि सडकखण्डमा से २ त ९१०६ नम्बरको इँटा बोकेको ट्याक्टर दुर्घटना परेको हो ।

दुर्घटनामा परी आर्दश गाउँपालिका–३ का अन्दाजी २१ वर्षीय केशव विकको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका विकलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल रिफर गरिएको थियो । 
उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update