Sagun Khabar
रुसद्वारा युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम

रुसले युक्रेनका दुई वटा सहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले मरिपोल र भोल्नोभाखाकामा अस्थायी युद्ध विराम घोषणा गरेको बीबीसीले जनाएको छ ।

ती सहरबाट सर्वसाधरणलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरेको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै रुसी सञ्चारमाध्ययमहरुले जनाएका छन् । दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो । झण्डै चार लाख ५० हजार जनसंख्या रहेको मरिपोलमा युक्रेनको मुख्य व्यापार बन्दरगाह रहेको छ । यो सहर रुस–क्राइमिया सडक मार्गमा पर्छ । त्यहाँ रुसले युक्रेनमा आक्रमण शुरु गरेदेखी नै ठूला मुठभेड भइरहेको छ, रुसले यो सहर कब्जामा लिएको छ । भोल्नोभाखा भने कमै परिचित सानो सहर हो । रुसी रक्षा मन्त्रालयले बिज्ञप्ती निकालेर युक्रेनका सर्बसाधरणलाई खतरा हुने खालका गतिबिधि नगरेको दावी गर्दै सैन्य संरचनामा मात्रै आक्रमण गरिएको बताएको छ ।  

स्वास्थ्य सन्देश
Atrya hospital

रुसले युक्रेनमा आक्रमण गरेको दश दिन भएको छ । रुसी आक्रमण शुरु भएपछि १० लाख भन्दा धेरै मानिस युक्रेनबाट पलायन भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । रुसी आक्रमणबाट खेअर्सन सहरका धेरैजसो संरचनाहरु ध्वस्त भएका बीबीसीले जनाएको छ । राजधानी किभ र दोस्रो ठूलो सहर खार्किभमा पनि ठूला ठूला लडाइँ भएका छन् । मरिपोलको दक्षिणी बन्दरगाह रुसी सेनाको कब्जामा छ भने ओडेसामा पनि आक्रमण भएको छ ।

युरोपको सबैभन्दा ठूलो पारमाणविक ऊर्जा केन्द्र रुसले कव्जा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा नो–फ्लाई जोन लागू गर्न प्रस्ताव गरेको भए पनि अस्वीकार गरेपछि उनले पश्चिमा देशहरुको आलोचना गरेका छन् । 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update