Sagun Khabar
बैतडीका एक किशोर दिल्लीबाट बेपत्ता, खोजीमा सहयोग गरिदिन आग्रह 

बैतडी –बैतडीका एक किशोर भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिका–५ न्वाली सल्सेना घर भएका १७ बर्षीय अमृत कार्की भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका स्थानीय मनोज कार्कीले बताए । भारतको बेंगलोरबाट घर फर्कदै गरेका कार्की दिल्लीबाट बेपत्ता भएका उनले बताए । उनी ५ दिन पहिले दिल्लीबाट सम्पर्कविहिन भएका हुन् । 

रोजगारीका लागि केही महिना अगाडि बेंगलोर पुगेका कार्की घर फर्कदै गरेका थिए । उनी बेपत्ता भएपछि खोजीमा सहयोग गरिदिन परिवारजनले आग्रह गरेका छन् । 

कसैले कार्कीलाई फेला पारेमा नजिकको प्रहरी कार्यालयमा वा मोबाइल नम्बर ९८४२२१५०१६ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । यस्तै भारतमा मोबाइल नम्बर ९९१५४११६३३ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update