Sagun Khabar
सुदूरपश्चिममा गठबन्धन छैन : बलायर 

डोटी –नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन् । आगामी स्थानीय तहको निर्वाचन सन्दर्भमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने अभियानको आइतबार डोटीको जोरायलमा उद्दघाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले कांग्रेसले रुख बाहेक अन्यत्र भोट नहाल्ने बताएका छन् । उनले भने ‘म सत्य कुरा भन्दैछु । कांग्रेसको हातले रुख बाहेक अन्यत्र भोट जाँदैन् ।’

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै कांग्रेसका नेता कार्यकर्ताहरुले मतदाता शिक्षाका लागि पनि गाउँगाउँ खटिनु आवश्यक रहेको बताए । अघिल्लो निर्वाचनमा कांग्रेसको मत बदर भएकै कारण आफू पराजित भएको भन्दै बलायरले मत बदर नहोस भन्नका लागि मतदाता शिक्षा दिनुपर्नेमा बताए । 

उनले गठबन्धनका नाममा कांग्रेस कार्यकर्ताहरुलाई पेलेको आरोप समेत लगाए । 
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update