Sagun Khabar
डोटीमा सडकमै बस पल्टियो 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा एक बस पल्टिएको छ । जिल्लाको बडिकेदार गाउँपालिका–१ अलाडी महोन्याल मन्दिर नजिकै बस पल्टिएको हो । 

मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस पल्टिएको प्रहरीले जनाएको छ । डोटीको घाङ्गलबाट जोशिपुरका लागि हिडेको बस पल्टिएको हो । 

बसमा सवार २२ जना मध्ये २ जना घाइते भएका प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update