Sagun Khabar
डोटीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु 

डोटी –डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ । बिहीबार केआईसिंह गाउँपालिका–४ कारीगाउँका १३ वर्षीय दिनेश विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

घर पोत्नका लागि माटो लिन गएका विक माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर घाइते भएका र उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  २२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update