Sagun Khabar
डोटीको शिखरमा कांग्रेसले चुनावी तालमेल नगर्ने 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीको शिखर नगरपालिकामा सत्ता गठबन्धन दलसँग चुनावी तालमेल नगर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ । नेपाली कांग्रेसको शिखर नगरकार्य समितिले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल नगर्ने निर्णय गरेको हो । 

तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेसले एक्लै चुनाव लड्ने नेपाली काँग्रेस शिखर नगर कार्यसमितिका सचिव अर्जुन कुमार बलायरले बताए । 

यसअघि गएको स्थानीय तहको निर्वाचनमा शिखर नगरपालिकामा नेपाली काँग्रेसले मेयर उपमेयरसहित ७ वटा वडामा जित हाँसिल गरेको थियो । नेकपा एमालेले ३ वटा वडामा विजय हुँदा नेकपा माओवादी केन्द्र एक वडामा सिमित भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update