Sagun Khabar
डोटीका दुई महिला पत्रकार चुनावी मैदानमा 

डोटी –डोटीका दुई महिला पत्रकारले नगरपालिका उपप्रमुख र गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसबाट शिखर नगरपालिकामा सुनिता रावल जोराले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् भने आदर्श गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी रोकायाले उम्मेदवारी दर्ता गराएकी छिन् । 

रावल नेपाल पत्रकार महासंघ डोटीको उपाध्यक्ष, नेपाल प्रेस युनियनका साथै विगत लामो समयदेखि रेडियो नेपाल दिपायल कार्यरत रहेकी थिइन् । उम्मेदवारी दर्ताका क्रममा शिखर  नगरपालिका उपप्रमुखका उम्मेदवार सुनिता रावलले अन्याय, असमानता र विभेदरहित नगर निमार्णका लागि र महिला, बालमैत्री र वातावरणमैत्री नगर बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । 

त्यस्तै नेपाल प्रेस युनियन डोटी उपाध्यक्ष तथा काँग्रेस प्रदेश प्रतिनिधि लक्ष्मी रोकायाले उम्मेदवारी दर्ता गर्दै समृद्ध र सुन्दर गाउँ बनाउन आफ्नो उम्मेदवारी रहेको बताइन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update