Sagun Khabar
डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी – डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका–१ का ३६ वर्षीय प्रेमकुमार कठरीयाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

जिल्लाको शिखर नगरपालिका–१ मा से १ त ९२६४ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, ट्याक्टरमा सवार शिखर–२ की २२ वर्षीया कलावती बोगटी घाइते भएकी र उनको सुजङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update