Sagun Khabar
डोटीको बडीकेदारमा कांग्रेस विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीको बडीकेदार गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा नेपाली कांग्रेस निर्वाचित भएको छ । कांग्रेका गाउँपालिका उमेदवार भैरवबहादुर साँवद २ हजार ३४३ मत सहित निवार्चित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १ हजार ६८४ मत प्राप्त गरका छन् । यस्तै नेकपा एकीकृत समाजवादीका भक्त बहादुर साँवदले १ हजार ४७१ मत प्राप्त गरे ।

पालिका उपाध्यक्षमा पनि कांग्रेसकै डम्मरी कुमारी विष्ट २ हजार ४०७ मतसहित निवार्चित भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेकी सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरिन् । यस्तै माओवादी केन्द्रकी देवीसरा देवी घर्तिमगरले ८३२ मत प्राप्त गरिन् ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update