Sagun Khabar
डोटीको दिपायल सिलगढीमा कांग्रेस विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीको दीपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बाजीसिँह खड्का (विजय) मेयर र कलावती महर (साउँद) उपमेयरमा निर्वाचित भएका हुन् । 

खड्काले ५ हजार १३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणबहादुर मलासीले ३ हजार ५१५ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा कांग्रेसकी महरले ४ हजार ७६८ मत प्राप्त गरेकी छिने भने उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी रूपा कठायतले ४ हजार १२९ मत प्राप्त गरेकी छिन् । 

दीपायल सिलगढीमा २०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा कांग्रेसका घनश्याम पाठक मेयरमा निर्वाचित भएका थिए ।  त्यसपछि २०५४ र २०७४ मा भएको स्थानीय तह निर्वाचनमा त्यहाँ एमालेले जितेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update