Sagun Khabar
डोटीको शिखर नगरपालिकामा कांग्रेस विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीको शिखर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका दीर्घ बलायर विजयी भएका छन् । उनी ६हजार ५६२ मत ल्याउँदै विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४ हजार ५९१ मत प्राप्त गरे ।  उपमेयरमा नेपाली काँग्रेसकै सुनिता रावल (जोरा) ६ हजार ४२६ मत ल्याउँदै विजयी भइन् । 

उनकी प्रतिस्पर्धी नेकपा एमालेकी लक्ष्मीदेवी मल्लले ४ हजार ६४५ मत पाइन् ।  नगरका ११ ओटा वडाहरुमध्ये ७ वडामा काँग्रेस र ४ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update