Sagun Khabar
डोटीमा सबै स्थानीय तहको मत परिणाम सार्वजनिक, कांग्रेसको वर्चस्व 

डोटी –डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालीको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेसको बर्चस्व रहेको छ ।जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले सात तहमा भारिमतले जित हात पारेको छ भने बाँकी दुई पालिकामा झिनो मतले पराजित भएको छ । 

पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा समेत नेपाली कांग्रेसले जितेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सिमित रहेको थियो । यसपालि पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दिपक बहादुर बिष्टले ३७ मतले मात्रै हार व्यहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पछि परेका हुन् ।

उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जित हात पार्दै गर्दा नेकपा एमाले १९ वडामा सिमित रहेको छ ।

Atrya hospital

नेकपा माओवादी केन्द्रले ४ वडामा जितेको छ भने सँगै मिलेर चुनाव लेडेको नेकपा एकीकृत समाजवादीले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ मा राप्रपाले जित हात पारेको हो । 

त्यसैगरी, दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष जितेका राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका हुन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update