Sagun Khabar
कांग्रेस दार्चुलाका सचिव कार्कीले दिए पदबाट राजीनामा 

दार्चुला –नेपाली कांग्रेस दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले राजिनामा दिएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दार्चुलाका अधिकांश स्थानीय तहमा अपेक्षित नतिजा प्राप्त गर्न नसकेको भन्दै नैतिकताको आधारमा राजिनामा दिएको उनले उल्लेख गरेका छन् । 

दुहुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका कार्की वैशाख ३० गतेको निर्वाचनमा एमालेका नरेन्द्रबहादुर वडालसंग पराजित भएका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुलाका कुनैपनि स्थानीय तहमा प्रमुख पद जित्न नसकेको र पार्टीले अपेक्षित नतिजा प्राप्त गर्न नसकेकाले त्यसको नैतिक जिम्मेवारी लिदै सचिव पदबाट राजिनामा दिएको कार्कीले बताए । 

नेपाली कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहरालाइ बुझाइएको राजिनामा पत्रमा सचिव पदको जिम्मेवारी बहन गर्न नसकेको महसुस गर्दै राजिनामा दिएको उल्लेख गरेका छन् । 

२०७४ सालमा दुई नगरपालिकासहित पाँच स्थानीय तहमा जित हासिल गरेको कांग्रेसले यो पटक जिल्लाका सबै पालिकाको नेतृत्व गुमाएको छ । जिल्लामा कांग्रेस क्लिनस्वीप हुनुमा जिल्ला नेतृत्व जिम्मेवार रहेको भन्दै कार्यकर्ताहरूले मन्त्री बडू सहित जिम्मेवार नेताहरूको राजिनामा माग गरिरहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update