Sagun Khabar
हावाहुरीले बैतडीका विभिन्न ठाउँमा क्षति 
फोटो : बैतडीको सिगास गाउँपालिका वडा नं ४ मा हावाहुरीले उडाएको सोलार पाता
स्वास्थ्य सन्देश
Atrya hospital

बैतडी –शुक्रबार साँझ आएको हावाहुरीले बैतडीका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । साँझ आएको हावाहुरीले सुर्नया गाउँपालिकाको कार्यालयमा राखिएको सोलार पाता उडाएको छ । पालिकाको सोलार पाता उडाउँदा क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमांशु भट्टले बताए । 

यस्तै पाटन नगरपालिका वडा नं ८ हरिचन स्थित गाउँघर क्लिनिक भवनको छानो हावाहुरीले उडाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । क्लिनिक भवनको छानो उडाएपछि गाउँघरमा क्लिनिकमा सेवा दिन गाह्रो उनले बताए । 

यस्तै सिगास गाउँपालिका वडा नं ४ को कार्यालयमा राखिएको सोलारपाता पनि हावाहुरीले उडाएको छ । हावाहुरीले काम नलाग्ने गरेरे सोलार पातामा क्षति पुगेको बताइएको छ । केही महिना अघि मात्रै वडा कार्यालयमा जडान गरिएको सोलारपाता हावाहुरीले उडाएपछि कार्यालयको काम समेत प्रभावित हुने त्यहाँ रहेका सुर्नयाका धर्मानन्द अवस्थीले बताए ।  

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update