Sagun Khabar
जिसस डोटीको प्रमुखमा सिंह  र उपप्रमुखमा चुनारालाई पठाउने कांग्रेसको निर्णय 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –नेपाली कांग्रेस डोटीले जिल्ला समन्वय समितिको प्रमुख लक्ष्मणबहादुर सिंहलाई उम्मेदवार बनाउने भएको छ । जिल्ला कार्यसमितिका पूर्व उपसभापति रहेका सिंहलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउने कांग्रेस डोटीले जनाएको छ । यस्तै उपप्रमुखमा स्मृति चुनाराको नाम टुंग्याएको छ । ९ स्थानीय तह रहेको डोटीमा कांग्रेस एक्लैले जिल्ला समन्वय समिति बनाउने तयारी गरेको छ । 

९ सदस्यीय जिल्ला समन्वय समितिका लागि डोटीमा नेपाली कांग्रेससंग १५ मत रहेको छ भने एमालेसंग २ मत रहेको छ । यस्तै माओवादी केन्द्रसंग एक मत रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update