Sagun Khabar
डोटीमा घरभित्रै चितुवा पसेर आक्रमण गर्दा दुईजना घाइते 

डोटी –डोटीको दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेको छ । शुक्रबार बिहान साढे १० बजेतिर तल्लो उडितोलास्थित पार्वती विकको घरभित्र चितुवा पसेर दुई जनालाई घाइते बनाएको हो । 

चितुवाको आक्रमणबाट पार्वती विक र उनकी छोरी लक्ष्मी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

घरभित्र रहेका उनीहरूलाई चितुवाले आक्रमण गरेको र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ । चितुवा दिउँसै गाउँमा पसेर आक्रमण गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update