Sagun Khabar
घरदैलोमै सामाजिक सुरक्षा भत्ता पुर्याउन पहल गर्नुपर्ने कांग्रेस सचिव जोशीको माग 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न वडाका नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्तिमा असहज भइरहेको भन्दै नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले यो समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् । 

बैंक मार्फत सामाजिक सुरक्षा भत्ता निकासा भइरहेकाले वडा वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउन उनले ग्लोबल आइएमइ बैंकको केन्द्रिय कार्यालयसंग आग्रह गरेका हुन् । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसंग भेट गरेर स्थानीय नागरिकले सामाजिक सुरक्षा भत्ता बुझ्दा भईरहेको असहजताका बारेमा जानकारी गराएको जिल्ला सचिव जोशीले बताए । बैंकको केन्द्रिय कार्यालय काठमाण्डौंमै पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्ने नागरिकका समस्या सुनाएको उनले बताए । 

जवाफमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको स्थानीय शाखासंग समन्वय गरेर नागरिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

स्थानीय चुनावको बेला आफूले नागरिक सामू सामाजिक सुरक्षा भत्ता प्राप्तिमा सहजता ल्याउने प्रतिबद्धता व्यक्त गरेको र चुनावमा पराजय भोगेपनि नागरिकका समस्या समाधानमा आफू लागिपरेको सचिव जोशीले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ०७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update