Sagun Khabar
झुलाघाट नाका सुचारु 

बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सुचारु भएको छ । झुलाघाट पुल मर्मतका लागि आज बिहानदेखि बन्द भएको नाका अहिले सुचारु भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

पुल मर्मत कार्य सम्पन्न भएपछि झुलाघाट नाकामा आवतजावत शुरु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

करीब डेढ सय बर्ष पुरानो झोलुंगे पुल जीर्ण भएकाले भारत सरकारका तर्फबाट पुलको मर्मत कार्य गरिएको छ । पुल मर्मत गर्ने बिषयमा मंगलबार दुवै देशका सुरक्षा अधिकारीहरुले सहमति जनाएका थिए । 

झुलाघाट नाका नेपाल –भारत ओहोरदोहर गर्ने पुरानो नाका पनि हो । यो नाकामा मोटरेबल पुल नहुँदा समस्या रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update