Sagun Khabar
डोटीको सायल गाउँपालिकाका तत्कालिन अधिकृत सहित ७ जना विरुद्ध मुद्दा दायर 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटीको सायल गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृतसहित ७ जना विरुद्द बिशेष अदालतमा मुद्धा दायर गरेको छ । तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटा, तत्कालीन इन्जिनियर किरण सागर भण्डारी, वडा नम्बर ५ का वडा अध्यक्ष गणेशबहादुर बोगटी, तत्कालीन लेखापाल दीपक कार्की, उपभोक्ता समितिका अध्यक्ष दुली डुम्रेल, सचिव पदमबहादुर खाती र कोषाध्यक्ष डोल्मा कुमारी बोगटी ‘खड्का’ ले १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  

मुद्दामा प्रत्येकसँग १४ लाख ३४ हजार २८६.१४ रुपैयाँ बिगो दाबी गरिएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा विनियोजन रकमबाट मेल्लेख चपन्ना सडकको काम नगरी मिलेमतोमा रकम भुक्तानी दिई अनियमितता गरेको बारे उजुरी परेको थियो । 

उजुरीका आधारमा छानविन गर्दा अनियमितता गरेको पाइएपछि सातैजनाविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update