Sagun Khabar
गठबन्धन अहिलेको आवश्यकता : नेपाल 

डोटी –नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचन पछिसम्म पनि दिगो रहने बताएका छन् । 

एकीकृत समाजवादी जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्न डोटी सदरमुकाम सिलगढी पुगेका अध्यक्ष नेपालले गठबन्धन अहिलेको आवश्यकता भएको बताए । उनले भने ‘पाँचदलीय गठबन्धनलाई पछि सम्म दिगो राख्न गठबन्धन दलका नेताहरु सहमत भएका छन् ।’

फरक प्रसङ्गमा अध्यक्ष नेपालले गठबन्धनकै भर परेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सिट हासिल गर्न नसकेको बताए । उनले भने, ‘स्थानीय तहमा अपेक्षित सिट हासिल गर्न सकिएन, अबको सङ्घ÷प्रदेशको निर्वाचनमा हामी सोचेभन्दा बढी सिट हासिल गर्छौँ ।’ 
 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update