Sagun Khabar
नवौं राष्ट्रिय खेलकुदमा सहभागि हुनेका लागि बैतडीमा आवेदन खुल्ला 

बैतडी –आगामी असोजमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बैतडीबाट सहभागी हुने खेलाडीको आवेदन खुल्ला गरिएको छ । उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक महिला र पुरुष खेलाडीका आवेदन खुल्ला गरिएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्लास्तरीय प्रतियोगिता तथा प्रदेशस्तरीय छनौटका लागि खेलाडीको आवेदन खुल्ला गरिएको बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले जानकारी दिए । सहभागी हुन चाहने खेलाडीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ को अनुसुची १ बमोजिम दर्ता फारम भर्नुपर्ने जनाइएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

फारम भरेर यही साउन २९ गते भित्र बैतडी जिल्ला खेलकुद समितिमा दर्ता गराउनुपर्नेछ । फारम नभरी तथा दर्ता नभएका कुनै पनि खेलाडीलाई छनौट प्रतियोगितामा सहभागी नगराइने समितिले जनाएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि विभिन्न १२ खेलहरुका लागि खेलाडी छनौट गरिनेछन् । जसमा भलिबल, क्रिक्रेट, कवड्डी, एथ्लेटिक्स, टेवलटेनिस, कराँते, तेक्वान्दो, बक्सिंग, फुल कन्ट्याक्ट कराँते, बुद्धिचाल र फुटबल रहेका छन् ।

जिल्लास्तरीय छनौट प्रतियोगिता आगामी भदौमा हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update