Sagun Khabar
जगन्नाथ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ समापन, ६२ हजार ५ सय भेटि संकलन 

बैतडी –बैतडी सदरमुकामस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा यही श्रावण २१ गतेदेखि शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुक्रबार समापन भएको छ । कर्मचारी मिलन केन्द्रका तर्फबाट मन्दिरमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको र आज समापन भएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

हरेक बर्षको श्रावण महिनामा जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गर्ने परम्परा अनुसार यो बर्ष पनि सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको हो । समस्त प्राणीको कल्याण, विश्व शान्ति, कोरोना महामारी नियन्त्रणको कामना गर्दै श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

सप्ताह ज्ञान महायज्ञमा विभिन्न कार्यालयका कर्मचारीहरुका तर्फबाट ६२ हजार ५ सय ५५ रुपैंया भेटि समेत संकलन भएको आयोजक समितिले जनाएको छ । 

जगन्नाथ मन्दिरमा हरेक बर्षको श्रावणमा दर्शनार्थीहरुको घुइचो लाग्ने गर्दछ । जगन्नाथ मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास समेत रही आएको छ । 


 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update