डोटी –डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरी स्वास्थ्यकर्मीले ज्यान गुमाएकी छिन् । जिल्लाको आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको ज्यान गएको हो ।
बुधवार साँझ उनको जिल्ला अस्पताल डोटीमा मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिए । अस्पताल पुगेको १० मिनेटमै उनले मृत बच्चा जन्माएकी थिइन् । मृत बच्चा जन्माएपछि उच्च रक्तश्राव भएको र उच्च रक्तश्रावकै कारण उनको मृत्यु भएको बताइएको छ ।
मृतक खडायत गिरीचौका स्वास्थ्यचौकीमा अनमीको रुपमा कार्यरत थिइन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ ०८:२८
प्रतिक्रिया दिनुहोस्