Sagun Khabar
डोटीमा सम्बन्धविच्छेदका घटना  बढ्दै

डोटी - डोटी जिल्लामा सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन् । डोटी जिल्ला अदालतबाट उपलब्ध तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको दुई महिना नपुग्दै सम्बन्ध विच्छेदका ७ मुद्दा दर्ता भइसकेका छन् ।

आर्थिक वर्ष २०७८÷०७९ मा सम्बन्ध बिच्छेदका लागि २५ वटा निवेदन दर्ता भएकोमा ०७७÷०७८ मा १६ र ०७६÷०७७ मा १३ वटा सम्बन्धविच्छेदका निवेदन दर्ता भएका थिए ।सम्बन्धविच्छेद गराउनेमा २० देखि ३५ वर्ष उमेर समूहका दम्पती बढी देखिएका छन्।

पछिल्लो समयमा मोबाइल फोनले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको कानुन व्यवसायी नवराज भट्टले बताए । सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा पनि वृद्धि भइरहेको भए पनि सङ्ख्यात्मक रूपमा हेर्दा सम्बन्धविच्छेद गराउनेमा महिला नै बढी छन्।

Atrya hospital

चालू आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका सात निवेदन पत्रमध्ये तीन पुरुषले दर्ता गरेका छन् भने चार महिलाले दर्ता गराएका छन्।

उमेर नपुग्दै गरिने भागी विवाह, मदिरा, वैदेशिक रोजगारी लगायतका कारणले पनि सम्बन्ध विच्छेदका घटना बढ्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी बताएका छन् । 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update