Sagun Khabar
डोटीमा प्रदेशस्तरीय खप्तड–शैलेश्वरी गोल्डकप हुने
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नेपाली सेनाको भैरवप्रसाद गण सिलगढी, दिपायल र जिल्ला अस्पताल डोटीको आयोजनामा असोज ८ गतेदेखि खप्तड–शैलेश्वरी गोल्डकप २०७९ फुटवल प्रतियोगिता हुने बताइएको छ । 

बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको छ । प्रतियोगितामा आठ टिमले भाग लिनेछन् । कैलाली, बाजुरा, अछाम, डोटी, डडेल्धुरा, बैतडी, भैरवप्रसाद गण र उद्योग वाणिज्य संघको टिम सहभागी हुने भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिए । 

प्रतियोगिताको विजेता टीमलाई १ लाख र उपविजेता टीमलाई ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । खेलाडीहरुको  खाने बस्ने र गाडी भाडाको व्यवस्था समेत आयोजकले गर्नेछ । 
 

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update