
बैतडी –राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२ बैतडीका पत्रकार विनोद सिंह विष्टलाई प्रदान गरिएको छ । राष्ट्रिय फोटो पत्रकार समूहले स्थापनाको २५औं वर्षगाँठको अवसरमा बिहीबार काठामाडौंमा एक विषेश समारोहको आयोजना गरि विष्टलाई अवार्ड प्रदान गरेको हो ।
राष्ट्रिय समाचार समिति(रासस)का बैतडी समाचारदाता रहेका विष्टलाई अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले संयुक्त रूपमा अवार्ड र नगद सहित सम्मान गरे ।
राष्ट्रिय फोटो पत्रकार समूहले स्थापनाको २५ औं वर्षगाँठको अवसरमा देशभरका संचारमाध्यमहरुमा कार्यरत फोटोपत्रकारहरुको उत्कृष्ट सूचि सार्वजनिक गरेको हो । सार्वजनिक सूचिअनुसार मनोनयनको उत्कृष्ट ५ भित्र अटाएका थिए । मनोनयनमा परेका अन्य चारजनालाई पछि पार्दै विष्टले अवार्ड जितेका राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।
बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट १२ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।