Sagun Khabar
प्रेस काउन्सिलमा कार्यरत बैतडीका भट्ट राष्ट्रपतिबाट पुरस्कृत

बैतडी –प्रेस काउन्सिल नेपालको ५३ औं बार्षिकोत्सवको अवसरमा प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कारबाट बैतडीको गुरुखोला पालीका लोकराज भट्ट पुरस्कृत भएका छन् । काउन्सिलमा कार्यरत भट्ट राष्ट्रपति विद्यादेवि भण्डारीबाट बिहीबार पुरस्कृत भएका हुन् ।  

काउन्सिलमा मिडिया अनुगमनकर्ताको रुपमा कार्यरत भट्ट त्रिविबाट आमसञ्चार तथा पत्रकारिता र जन प्रशासनमा स्नातकोत्तर गरि कानुनमा स्नातक अध्ययन गर्दैछन् ।  

भट्टसँग हेल्थ टुडे राष्ट्रिय मासिक, हेल्थ टुड नेपाल डटकममा उप सम्पादक भई काम गरेको अनुभव छ । शिक्षण पेशामा समेत संलग्न भट्ट बानेश्वर बहुमुखी क्याम्पसमा पत्रकारिता विषयको उप–प्राध्यापक पनि हुन् । 

स्थानीय विकास तथा सशक्तिकरण सम्बन्धि कर्णाली लगायत दूर्गम क्षेत्रमा काम गरेको समेत उनीसंग अनुभव छ । 

भट्ट राजनीतिक आलेख, ऐतिहासिक डकुमेन्ट्री निर्माण तथा अनुसन्धान, साहित्य र सामाजिक कार्यमा पनि रुची राख्नुहुन्छ । 

कृष्णप्रसाद भट्टराई अध्ययन केन्द्र, सुदूरपश्चिम समाज काठमाडौं, बैतडी सेवा समाज काठमाडौं, प्रसंशा संरक्षण समूह र स्टेप नेपाल लगायत सामाजिक संघसंस्थामा आबद्ध रही भट्टले सामाजिक कार्य गर्दै आएका छन् । 

२०७५ बैशाख १ गते काउन्सिल सेवा प्रवेश गरेका भट्टले मिडिया अनुगमन तथा उजुरी व्यवस्थानलगायत कार्यालयले तोकेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोले प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार, २०७९ बाट पुरस्कृत भएका हुन् । पुरस्कारले कार्यक्षेत्रमा थप हौसला मिलेको भट्टले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update