Sagun Khabar
दार्चुलाको लटिनाथबाट मकरीगाड जाँदै गरेको जिप दुर्घटना 
फाइल फोटो

दार्चुला –दार्चुलाको मार्मा गाउँपालिकाबाट अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मकरीगाड जादै गरेको जिप दुर्घटना भएको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ तिम्ला भन्ने ठाउँमा २३३ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता राजेश शाहीले बताए । 

इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडेको भएपनि घटनास्थल पुग्न डेढ÷दुई घण्टा लाग्ने शाहीले बताए । प्रहरी घटनास्थल पुगेपछि मात्रै थप विवरण आउने बताइएको छ । 

जिपमा ९ जना यात्रु रहेका एक जना गम्भीर घाइते भएका स्थानीयहरुले बताएका छन् । जिप सडकबाट २ सय मिटर तल खसेको बताइएको छ । थप विवरण आउन बाँकी रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्