Sagun Khabar
बाजुरा र डोटीमा जेठ मसान्त सम्म निषेधाज्ञा 
स्वास्थ्य सन्देश
Atrya hospital

बाजुरा/डोटी – बाजुरामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिश अनुसार यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो ।

जिल्लामा गत वैशाख २२ गतेदेखि सुरु गरिएको निषेधाज्ञा जेठ ३१ गते सम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

यस्तै डोटीमा पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभीड व्यवस्थापन समितिको बैठकको सिफारिश अनुसार निषेधाज्ञाको अवधि थपिएको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update