Sagun Khabar
डोटीका दुई मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी महिला
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी-डोटीका दुई मतदान केन्द्रमा महिलाले निर्वाचन गराउने भएका छन्। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाका दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं डोटी जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले बताए।

उनका अनुसार जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण मावि केन्द्र र डोटी बहुमुखी क्याम्पसमा महिला कर्मचारी मात्रै खटाइएको छ। जिल्लामा १७७ स्थायी र एक अस्थायी गरी १७८ मतदान केन्द्र रहेका छन्।

पद्म मुक्तिनारायण माविको केन्द्रमा कृषि ज्ञान केन्द्रमा कार्यरत मनिशा गुरुङ्ग र डोटी क्याम्पसको मतदान केन्द्रमा जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रमा कुँवर मतदान अधिकृत छन्। यी दुई मतदान केन्द्रमा नमुन ाको रुपमा महिलाहरु मात्रै खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update