Sagun Khabar
दार्चुलामा विप्लव माओवादीका दुई जना पक्राउ 

दार्चुला – चुनाव विरोधी गतिविधि गरिरहेका दुईजनालाई दार्चुलाबाट पक्राउ गरिएको छ । विप्लव नेतृत्वको नेकपाका दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

नेकपाको युवा संगठनका केन्द्रिय सदस्य जीवन बिष्ट र नेकपाका जिल्ला सदस्य सुरेन्द्र बिष्टलाई लेकम गाउँपालिका १ स्थित बडिपुर मावि सर्मोली मतदान केन्द्रबाट पक्राउ गरिएको उनले बताए । 

उनीहरुलाई रातामाटा प्रहरीचौकीमा राखिएको र अनुसन्धान भइरहेको प्रवक्ता शाहीले बताए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update