Sagun Khabar
दार्चुलाको एक मतदान केन्द्रमा झडप, प्रहरीद्वारा तीन राउण्ड हवाई फायर 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला –दार्चुलाको एक मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि आगर मतदान केन्द्रमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

मतदान गर्ने बिषयमा दुई पक्षबीच भएको विवाद झडपमा परिणत हुन थालेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरेको हो । अहिले स्थिती समान्य भएको छ भने तत्कालका लागि मतदान स्थगित गरिएको छ । 

सो मतदान केन्द्रमा पुनः मतदान शुरु गराउनका लागि अहिले सर्वपक्षीय बैठक बसीरहेको प्रहरी निरीक्षक शाहीले बताए ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update