Sagun Khabar
दार्चुलामा मत गणना शुरु 

दार्चुला –दार्चुलामा मतगणना शुरु भएको छ । सबै ठाउँबाट मतपेटिका आइसकेपछि अहिले केहीबेर अघिबाट मतगणना शुरु भएको हो । 

प्रतिनिधि सभाको एक सीट रहेको दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडू र एमालेका तर्फबाट केन्द्रिय सदस्य गणेशसिंह ठगुन्ना उम्मेदवार रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  २१:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update