बैतडी प्रदेश (ख) मा मतान्तर बढाउँदै कांग्रेसका शिवराज
बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नं(ख) गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्टले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले मतान्तर पनि बढाउँदै लगेका छन् ।
१४ हजार ३ सय मत गणना हुँदा कांग्रेसका शिवराज भट्टले ६ हजार ९११ मत प्राप्त गरेका छन् । एमालेका लिलाधर भट्ट ६ हजार २८ मत सहित उनलाई पछ्याइरहेका छन् । शिवराजले लिलाधरलाई ८८३ मतले पछि पारेका छन् । अहिले सम्म पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिकाको ५ र ६ नम्बर वडा तथा सुर्नया गाउँपालिका वडा नं १ को मतगणना सम्पन्न भएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १७:४८
प्रतिक्रिया दिनुहोस्




