दार्चुलामा बडू र ठगुन्नाबीच रोचक प्रतिस्पर्धा, एमालेका ठगुन्ना अघि लागे 
                        
                        
                                                
                                            
                                                                    दार्चुला – दार्चुलामा प्रतिनिधि सभा तर्फ नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले अग्रता लिएका छन् । यसअघि शुरुवाती अग्रता लिइरहेका नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूलाई पछि पार्दै ठगुन्नाले अग्रता लिएका हुन् ।
१९ हजार १७२ मत गणना हुँदा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले ९ हजार ३५० मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले ९ हजार २५ मतसहित पछ्याइरहेका छन् ।
राप्रपाका नरेन्द्रसिंह धामीले १४८ मत प्राप्त गरेका छन् । 
 
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०७:१३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
