Sagun Khabar
बैतडीमा एमालेका भण्डारीको अग्रता कायमै, विजयसुन्दर पछिपछि 

बैतडी –बैतडीमा प्रतिनिधि सभा अन्तर्गत एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । २१ हजार १४८ मत गणना हुँदा एमालेका भण्डारीले ९ हजार ६८८ मत प्राप्त गरेका छन् । उनलाई नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले ८ हजार ७३२ मतका साथ पछ्याइरहेका छन् । 

भण्डारी र कुँवरबीचको मतान्तर ९५६ रहेको छ । प्रतिनिधि सभा अन्तर्गत पञ्चेश्वर, शिवनाथ र डिलाशैनी गाउँपालिकाको मतगणना सम्पन्न भइसकेको छ । अहिले मेलौली नगरपालिकाको मतगणना भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update