Sagun Khabar
डोटी प्रदेश सभा –२ मा माओवादीका ओली विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओली प्रदेश सभा सदस्यमा विजयी भएका छन् । 

निर्वाचन क्षेत्र नम्बर २ बाट ओली प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।  उनले १४ हजार ४७ मत पाएका छन् उनका निकट्म प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार टेकबहादुर बमले १३ हजार १२८ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार मोहन बमले १३२७ मत ल्याएका छन् । 

उक्त क्षेत्रमा ३० हजार २३४ मत खसेको थियो । २८ हजार ५०२ मत सदर भएका छन भने १७३२ मत बदर भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update