Sagun Khabar
दार्चुलामा मतान्तर बढाउँदै बडू

दार्चुला –दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार बडूले मतान्तर बढाउँदै लगेका छन् । एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना भन्दा बडू ७७७ मतले अगाडि देखिएका छन् । 

३२ हजार ७४० मत गणना हुँदा बडूले १६ हजार ३० मत प्राप्त गर्नुभएको छ । एमालेका ठगुन्नाले १५ हजार २५३ मत प्राप्त गरेका छन् । 

राप्रपाका नरेन्द्रसिंह धामीले २५७ मत प्राप्त गरेका छन् । दार्चुलाका दुवै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् । प्रदेश सभा क्षेत्र नम्बर १ मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेश सभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका मानबहादुर धामी निर्वाचित भएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्