Sagun Khabar
डोटी प्रदेश सभा –१ मा एमालेका मल्ल विजयी 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटी प्रदेशसभा –१मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् । 

नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका मल्लले १५,२७९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४,८२९ मत पाएका छन् । 

हाम्रो नेपाल पार्टीका शैलेन्द्र खड्काले ५४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्र नाथले ७५५ मत पाएका छन् । प्रदेश ‘१’मा ३३ हजार ३२२ मत खसेको थियो । जसमा १ हजार ९ सय १९ मत बदर भएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update